Logo
Logo

रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्नुको कारण पेस गर्न सर्वोच्चको आदेश


1.4k
Shares

काठमाडौं । सर्वोच्च अदालतले रुकुम पूर्वको सदरमुकाम रुकुमकोट तोक्ने सरकारी निर्णयविरुद्ध परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

The current image has no alternative text. The file name is: supreme-court-of-nepal1542214610-1.jpg

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रुकुम पूर्वका प्रमुख राजनीतिक दलका स्थानीय, प्रदेश र सङ्घीय जनप्रतिनिधिहरूले दायर गरेको रिटमा यो आदेश जारी गरेको हो । अदालतले अर्को सुनुवाइका लागि साउन २० गते पेसी तोकेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन ७ गते रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो ।

नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी थापा, नेकपा माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्यहरू सुरुल पुनमगर र दिलकुमारी बुढामगर, पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीमगर, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ र नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य सरिता पुनमगरले उक्त निर्णयविरुद्ध रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्