काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछानेले व्यावसायिक क्षेत्रमा कदम राखेका छन् ।

उनी ‘सान्सिक प्रोडक्सन’ म्युजिक कम्पनीको सीईओ बनेका छन् । जहाँ उनको ४५ प्रतिशत सेयर छ । बाँकी ५५ प्रतिशत सेयर कम्पनीका संस्थापक अनमोल थापासँग छ ।
यो कम्पनीले गीत र म्युजिक भिडिओ उत्पादन गर्छ र सुबोक केसीको ‘म हराएँ‘’, गौरव राइको ‘लग्यो रे’, ओयसिस थापाको ‘अन्तिम बिदाइ’ जस्ता चर्चित गीत बजारमा ल्याएको छ ।
सन्दीपलाई सङ्गीतमा विशेष रुचि छ र उनले केही गीत रेकर्ड पनि गराएका छन् ।














