
काठमाडौं । यमनको तटीय क्षेत्रमा एक डुंगा पल्टिदा कम्तिमा ५० जना आप्रवासीको मृत्यु भएको छ । यमनको दक्षिणी प्रान्तको अबयान क्षेत्र नजिक मौसम खराबीका कारण डुंगा पल्टिँदा त्यसमा सवार ५० जनाको मृत्यु भएको हो ।
अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार डुंगामा १५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ । अबयान सुरक्षा निर्देशनालयले एक विज्ञप्ति जारी गर्दै तटरेखाको ठूलो क्षेत्रमा कैयौं शव बरामद गरिएको र खोजी कार्य जारी रहेको बताएको छ ।
मृत्यु हुनेहरुमा अधिकांश इथियोपियाली नागरिक रहेका छन् । हर्न अफ अफ्रिकाबाट खाडी देशतर्फ जाने प्रवासीहरुका लागि यमन एक प्रमुख मार्ग हो ।











