कञ्चनपुर । महाकाली नदीमा पानीको प्रवाह घटेपछि शारदा ब्यारेजमा सवारीसाधन सञ्चालन खुला गरिएको छ । पानीको प्रवाह बढेपछि चारपाङ्ग्र्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो ।

आज साँझ महाकालीमा पानीको बहाव घटेर ९९ हजार ४९० क्युसेक भएपछि सवारी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराले जानकारी दिए ।
‘महाकालीमा पानीको प्रवाह एक लाख क्युसेक पुगेपछि आवागमनमा रोक लगाइएको थियो’, उनले भने, ‘दिउँसो एक लाख ६८ हजार क्युसेक पुगेको थियो, अहिले घटेर ९९ हजार ४००मा झरेको छ ।’














