
बागलुङ । काठेखोला गाउँपालिका–६ ताराखसेमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो सडकमा पहिरो जााँदा गए रातिदेखि नै लामो तथा छोटो दूरीका सवारीसाधान चल्न सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार सडकमा लेदोसहितको पहिरा खसेपछि पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा, काठमाडौँलगायतका स्थानमा जाने सवारीसाधान रोकिए हुन् ।
अहिले पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको तर सडक खुल्न अझै केही समय लाग्ने प्रहरीले जनाएको छ ।














