Logo
Logo

आज ७ जिल्ला रेड जोनमा, आकस्मिक बाढीको उच्च जोखिम (सूचीसहित)


3.2k
Shares

काठमाडौं । मौसम विभागअन्तर्गतको बाढी पुर्वानुमान महाशाखाले आज काठमाडौंसहित ४२ जिल्लामा आकस्मिक बाढी आउने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकासहित देशका ४२ जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउने सम्भावना रहेको भन्दै सावधानी अपनाउन भनेको हो ।

महाशाखाका अनुसार आज बिहान बाढी मापन गर्दा कर्णाली र महाकाली नदीको बहाब सतर्कता आसपास रहेको छ र कोसी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिमराप्ती, बबई र कन्काई नदीहरुको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ ।

जिल्लाका दृष्टिले आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको उच्च सम्भावना छ ।

माथि उल्लिखित ति सात जिल्लालाई बाढी महाशाखाले रातो रङ अर्थात् रेड अलर्टमा राख्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

त्यस्तै आज संखुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी–पूर्व, नवलपरासी–पश्चिम, कपिलवस्तु, म्याग्दी, प्युठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम–पश्चिम, दैलेख, कालिकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।

साथै आज इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको जानकारी बाढी महाशाखाले दिएको छ ।

महाशाखाले ति ३५ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्टमा राखेको छ । मौसम सक्रिय भएसँगै देशभर बाढीपहिरो जानेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्