Logo
Logo

‘नाइमा मोबिलिटी एक्स्पो’ को तयारी पूरा, ईभी गाडी मुख्य आकर्षण


189
Shares

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुन लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को तयारी पूरा भएको छ ।

२१ साउनदेखि पाँच दिनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी)हरू मुख्य आकर्षण बन्ने छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोका लागि नयाँ मोडेल भित्र्याइसकेका छन् ।

एक्स्पोमा १५ ओटा दुईपाङ्ग्रे, १५ ओटा चारपाङ्ग्रे र पाँच ओटा व्यावसायिक गरी कुल ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ ।

एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास तथा सुरक्षा र आपतकालीन सेवाको व्यवस्था मिलाइएको छ ।

एक्स्पो अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रवेश टिकट ‘खल्ती बाई आईएमई’ एपमार्फत अग्रिम खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ । साथै, पार्किङको समस्या समाधान गर्न नाइमाले पठाओसँग सहकार्य गरिएको छ, जसअन्तर्गत भृकुटीमण्डप जाने पठाओ राइडमा ३० प्रतिशतसम्मको छुट पाइनेछ ।

नाइमाको आयोजनामा हुन लागेको यो एक्स्पो नेपालमा हालसम्मकै सबैभन्दा ठूलो र प्रभावकारी अटोमोबाइल प्रदर्शनी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्