Logo
Logo

बागमतीका नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए सपथ


1.1k
Shares

हेटौंडा । बागमती प्रदेश सरकारको नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

The current image has no alternative text. The file name is: baniya.gif

बागमतीको छैटौँ मुख्यमन्त्रीको रूपमा आज मङ्गलवार दिउँसो नियुक्त भएका बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको सपथ गराएका हुन् । 

नेपाली कांग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहेका बानियाँले मुख्यमन्त्री समक्ष हिजो सोमबार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गरेका थिए ।

उनलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया दिनुहोस्