Logo
Logo

भारतको उत्तराखण्डमा भीषण बाढी : ४ जनाको मृत्यु, ५० बेपत्ता


819
Shares

काठमाडौं । भारतको उत्तराखण्ड, उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् । 

The current image has no alternative text. The file name is: badhi.gif

उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार बाढीले भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुःख व्यक्त गर्दै परिस्थितिको निगरानी गरिरहेको बताएका छन् ।

धराली गाउँ नजिकैको खीर गढ नालीमा आएको बाढीले गंगोत्री धामसँगको सडक सम्पर्क टुटेको छ । प्रत्यक्षदर्शीका अनुसार होटल र बजार पूर्णरूपमा ध्वस्त भएका छन् । प्रहरी, एसडीआरएफ, एनडीआरएफ, सेना र उद्धार टोली परिचालित छन् । भारतीय सेनाले हालसम्म १५ जनाको उद्धार गरेको छ । 

प्रतिक्रिया दिनुहोस्