Logo
Logo

साउदी जेलमा रहेका ६२ जना नेपाली रिहा


567
Shares

काठमाडौं । साउदी अरेबियाले विभिन्न मुद्दामा थुनामा रहेका ६२ जना नेपालीलाई रिहा गरेको छ । ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसर पारेर साउदी सरकारले ६२ जना नेपालीलाई रिहा गरेको हो । उनीहरु आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने छन् ।

The current image has no alternative text. The file name is: saudi.gif

उनीहरुको रिहापछि मंगलबार परराष्ट्र मन्त्रालयले साउदी सरकारको प्रशंसा गर्दै नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारका लागि धन्यवाद दिएको छ । यसले दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास मन्त्रालयले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्