Logo
Logo

गाउँलेले राति रुखमा बाँधेका व्यक्तिको मृत्यु, छोरासहित ४ जना पक्राउ


2.1k
Shares

काठमाडौं । झापामा गाउँलेले रुखमा बाधेका एक व्यक्ति मृत भेटिएका छन् । गएराति करिब साढे १० बजे झापा गाउँपालिका– १ लसुनामा प्लाष्टिकको डोरीले आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् ।

अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

घटनापछि प्रहरीले मृतकको छोरा अनतलाल सोरेन, सोही स्थानका महादेव टुडु, लुखिराम टुडु र लखिराम टुडुलाई पक्राउ गरेको छ । अन्य फरार छन् । फरारको पनि खोजी भइरहेको र पक्राउ परेकाहरुमाथि ज्यान मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्