Logo
Logo

आज कुन-कुन जिल्लामा छ बाढीको जोखिम ? (सूची)


315
Shares

काठमाडौं । मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ३२ जिल्लामा बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुलेटिन जारी गर्दै विभिन्न ३२ जिल्ला भइ बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने र त्यसले जोखिम निम्त्याउन सक्ने भन्दै सतर्कता अपनाउन भनेको हो ।

बाढी महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ । तर दिउँसो बढ्ने सम्भावना छ ।

जिल्लाका दृृष्टिकोणले आज झापा, इलाम, पाँचथर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, मोरङ, उदयपुर, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्