
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिनेसम्बन्धी कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य नहुने प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्, ‘कुनै पनि कोण वा बहानामा बहुविवाहलाई कानुनी मान्यता दिने कुनै पनि कार्य स्वीकार्य हुन सक्दैन ।’
उनले सरकारको सम्बन्धित मन्त्रालयबाट यस्तो प्रकारको विधेयक मस्यौदाको तयारी भइरहेको भन्ने जानकारीले नेपाली समाजमा गम्भीर तरंग र असन्तोष उत्पन्न भएको उल्लेख गरेका छन् ।
साथै उनले यस्तो कदम समाजिक न्याय, समानता र मानवअधिकारको मूल्य विपरीत हुने भन्दै यस्ता कार्य तत्काल रोक्न सरकारलाई आग्रह गरेका छन् ।














