
काठमाडौं । बौद्धमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २० वर्षीय आशिष राई र १८ वर्षीय शंस्कार मगर रहेका छन् ।
यही साउन १८ गते राति गोकर्णेश्वर–६ नारायणटार लामा पेट्रोल पम्प नजिक मकवानपुर घर भई गोकर्णेश्वर–४ गोकर्ण नाम्गेल बस्ने २७ वर्षीय सुरेन्द्र थोकरलाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरुलााई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडाँै र प्रहरी बृत्त बौद्धबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा राइ र मगरलाई नियन्त्रणमा लिएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका थोकरको राष्ट्रिय ट्रमा सेन्टरबाट रेफर गरी अहिले वीर अस्पातलमा उपचार भइरहेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














