Logo
Logo

दिल्ली दूतावासले भन्यो-धराली बाढीमा हालसम्म कोही नेपाली मृत भेटिएका छैनन्


441
Shares

काठमाडौं । दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशी जिल्ला धरालीमा आएको बाढीमा हालसम्म कोही पनि नेपाली नागरिक मृत फेला नपरेको जनाएको छ । शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले भारतीय प्रहरीका तर्फबाट हालसम्म बाढीमा कोही पनि नेपालीको शव फेला नपरेको र जीवितै उद्धार पनि नभएको जानकारी प्राप्त भएको जनाएको छ । 

The current image has no alternative text. The file name is: India-1.gif

‘उत्तराखण्ड प्रहरीले राजदूतावासलाई उपलब्ध गराएको जानकारी अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट २ जनाको शव प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जीवित उद्धार गरिएका तथा मृतकको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको समेत राजदूतावासलाई जानकारी गराइएको छ ।’

विज्ञप्तिमा घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्केको र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्