Logo
Logo

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक


441
Shares

कञ्चनपुर ।  महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

The current image has no alternative text. The file name is: mahakali.gif

महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । 

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्