Logo
Logo

बूढीनन्दाबाट फर्कंदा हराएका तीर्थयात्री भेडीगोठमा भेटिए


630
Shares

बाजुरा । बूढीनन्दाको दर्शन गरेर घर फर्किने क्रममा सम्पर्कविहीन भएका दर्शनार्थी बडीमालिका नगरपालिका-९ उखाडी घर भएका ५५ वर्षीय खिमराज उपाध्याय पाटनको भेडीगोठमा भेटिएका छन् ।

The current image has no alternative text. The file name is: budhinanda.gif

मन्दिरमा दर्शन गरी फर्कने क्रममा हराएका उननलाई इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले लेकका गोठमा हिँड्दै गरेको अवस्थामा भेटेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

शुक्रबार ५:३० बजे बूढीनन्दाबाट फर्किएर चुडेपानी बर डाँडामा आएको र त्यहाँबाट फेरि बूढीनन्दातर्फ फर्किएकाले उनको खोजी गर्नका लागि प्रहरी परिचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्