काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

कोषको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा १३.७१ प्रतिशत बढी हो । गत वर्ष कोषको २३.७५ प्रतिशत घटेर ३३ करोड ७३ लाख ३० हजार रुपैयाँ देखिएको छ ।
कोषको जम्मा आम्दानी २ अर्ब ९ करोड ७४ लाख १० हजार रुपैयाँ हरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८.९६ प्रतिशतले बढी हो । कोषको खर्च ४२ करोड ४२ लाख ७२ हजार रुपैयाँ भएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले कम हो ।
कोषको प्रतिसेयर आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा आएको छ । कोषको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ । कोषको ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी हुँदा जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ ।











