Logo
Logo

डिशहोमले लेकसाइड रिट्रिटसँग ‘भर्चुअल प्रिभिलेज कार्ड’मार्फत विशेष सुविधा दिने


189
Shares

काठमाडौं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ, जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउने भएका छन् ।

यस साझेदारीमार्फत ग्राहकले आवासमा १५ प्रतिशत र फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट सुविधा पाउने छन् । यो छुट प्राप्त गर्न ग्राहकहरूले माइ डिशहोम एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ ।

पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिटले आधुनिक सुविधा, शान्त वातावरण र आईएमई हस्पिालिटीको ख्यातिप्राप्त अतिथि सत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि अब डिशहोम ग्राहकहरूले हरेकपटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन् ।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिकाः

१. माई डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
२. दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस् ।
३. होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस् ।
४. लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनुहोस् ।

यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्