Logo
Logo

नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण


252
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीले नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाई उडानका लागि ध्यानाकर्षण गराइएको छ ।

The current image has no alternative text. The file name is: oli-5.gif

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाई सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालनको माग गरिएको हो । 

मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए । उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्