माक्र्सवादीहरूले युवा संस्कृतिलाई द्वन्द्वको क्षेत्रको रूपमा हेर्छन्, मुख्यतया श्रमिक वर्गका युवाहरू, जसलाई व्यापक रूपमा बढी शासकवर्गका विच विद्रोहीको रुपमा मानिन्छ । केही माक्र्सवादीहरूको तर्क छ कि युवा उपसंस्कृतिले पूँजीवादी प्रणालीको प्रतिरोधको एक रूप प्रदान गर्दछ, जसले सामाजिक मान्यताहरू विरुद्ध विद्रोहको लागि ठाउँ प्रदान गर्दछ ।
माक्र्सवादले युवाहरूलाई पूँजीवादी व्यवस्था भित्र समाजको एक महत्वपूर्ण खण्डको रूपमा हेर्छ, विशेष गरी ज्यालादारी श्रमसँगको उनीहरूको सम्बन्ध र सामाजिक परिवर्तनको सम्भावनाको सन्दर्भमा ।

माक्र्सवादी दृष्टिकोणले जोड दिन्छ कि शिक्षा, रोजगारी र समग्र जीवनको गुणस्तरमा पहुँच सहित युवाहरूको भौतिक अवस्थाहरू पूँजीवादी उत्पादन मोड भित्रको उनीहरूको स्थितिले आकार दिन्छ । यो दृष्टिकोणले ज्यालादारी श्रमको आवश्यकता र पूँजी संचयको गतिशीलता जस्ता पूँजीवादी संरचनाहरूले युवाहरूको जीवनलाई कसरी प्रभाव पार्छ भनेर प्रकाश पार्छ ।
माक्र्सवादले युवाहरूलाई ज्यालादारी श्रमसँग अभिन्न रूपमा जोडिएको देख्छ, किनकि अधिकांश युवाहरूले पूँजीवादी अर्थतन्त्र भित्र बाँच्नको लागि आफ्नो श्रमशक्ति बेच्नुपर्छ। यो फोकसले युवाहरूको जीवन बुझ्नको लागि ज्याला, रोजगारीको गुणस्तर, र शिक्षा र तालिममा पहुँच जस्ता मुद्दाहरू कसरी केन्द्रबिन्दु हुन्छन् भन्ने कुरालाई प्रकाश पार्छ। यसबाहेक, पूँजीवादी संचयको व्यापक प्रक्रियाहरू र श्रम बजारमा यसको प्रभावलाई युवाहरूको अनुभवलाई आकार दिने प्रमुख कारकहरूको रूपमा हेरिन्छ ।
माक्र्सवादले युवाहरूलाई सामाजिक परिवर्तनको लागि सम्भावित शक्तिको रूपमा पनि मान्यता दिन्छ । माक्र्सको दर्शन र हो ची मिन्ह विचार जस्ता विचारधाराले युवाहरूलाई सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्न र सामाजिक प्रगतिलाई प्रवद्र्धन गर्न सुसज्जित गर्न शिक्षाको भूमिकामा जोड दिन्छ। माक्र्सवादी विचारले युवाहरूलाई अवस्थित शक्ति संरचनाहरूलाई चुनौती दिन र अझ न्यायपूर्ण र समतामूलक समाजमा योगदान पु¥याउन सक्षम रूपमा हेर्छ ।
युवा संस्कृतिसम्बन्धी माक्र्सवादी दृष्टिकोणले युवाहरूको अनुभव र व्यवहारमा सामाजिक वर्ग र पूँजीवादको प्रभावलाई जोड दिन्छ । तिनीहरू युवा उपसंस्कृतिहरू, विशेष गरी श्रमिक वर्गका युवाहरूको, पूँजीवादी प्रणालीद्वारा लगाइएका असमानता र अवरोधहरू विरुद्ध प्रतिरोधको एक रूपको रूपमा हेर्दछन् ।
कार्ल माक्र्सले युवा वारेमा उल्लेख गरेका छन् । ‘यदि कुनै व्यक्तिले केवल आफ्ना लागि मात्र काम गर्दछ, उ एक प्रशिद्ध शिक्षाविद् वन्दछ, उ एक महान साधु वन्न सक्तछ, एक उत्कृष्ठ कवि बन्न सक्छ, तर उ वास्तविक अर्थमा पूर्ण र महान मानिस कदापि बन्न सक्तैन । वास्तवमा महान मानिस को हो त ? माक्र्स अगाडी भन्छन्’ इतिहासमा तिनलाई महान मानव मानिन्छ, जो साझाहितका लागि काम गरेर स्वयं उच्च बन्दछन् । अनुभवले सबैभन्दा सुखी मानिसको रूपमा तिनैको गुणगान गर्दछ, जसले मानिसहरुको धेरै भन्दा धेरै संख्याका लागि सुखको सिर्जना गरेको छ ।
लेनिनले युवाका बारेमा भनेका छन्– ‘युवाहरूले सक्नु पर्दछ । लेनिनको भनाईमा ‘सिक्नु’ भनेको साम्यवादी शिक्षा थियो । लेनिनले भनेका छन् । ‘कामविना र संघर्षविना साम्यवादसम्बन्धी पुस्तिकाहरुबाट प्राप्त हुने कितावी ज्ञानको अर्थ हँुदैन । किनभने पुरानो बुर्जुवा समाजको सबै भन्दा घृणित–विशेषताको रूपमा देखा पर्दै आएको सिद्धान्त र व्यवहारका विचको पुरानो अन्तर अर्थात सम्बन्ध विच्छेद लाई कायमै राख्नेछ ।’
युवा वारेमा माओत्सेतुङले भनेका छन्– ‘युवाहरुलाई माक्र्सवाद र लेनिनवादलाई दहृो सँग पकडन र निम्न पूंजीवादी चेतनाबाट मुक्त हुन प्रशिक्षित गर्नु पर्दछ। युवाहरुलाई संगठनमा अनुशासित बनाउने र उनीहरुलाई संगठीत गर्ने र संगठन भित्र उत्पन्न हुने अराजकतावाद र उदारतावाद को विरोध गर्न सक्ने गरि प्रशिक्षित गर्नु पर्दछ ।’
युवाहरुलाई तल्लो तहका व्यवहारिककाममा संलग्न गराउने र व्यवहारिक अनुभवहरु हासिल गर्न तिरस्कार गर्ने कुराका विरुद्ध संधर्ष गर्न प्रशिक्षित गर्नु पर्दछ । युवाहरुलाई किसान र श्रमिकहरू सित घनिष्ठ सम्बन्ध कायम गर्ने र किसान र श्रमिकहरूलाई हेप्ने कुराको विरोध गर्न प्रशिक्षित गर्नु पर्दछ ।
यसरी युवा वर्गका बारेमा माक्र्सवादी दृष्टिकोण र माक्र्सवादी नेताहरुका भनाइबाट पनि समाजको रुपान्तरण र परिवर्तनमा युवा वर्गको महत्त्वपूर्ण भूमिका रहेको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको इतिहास
अन्तर्राष्ट्रिय युवा दिवस औपचारिक रूपमा डिसेम्बर १७, १९९९ मा स्थापित भएको थियो, जब संयुक्त राष्ट्र संघको महासभाले युवाहरूको लागि जिम्मेवार मन्त्रीहरूको विश्व सम्मेलनको सिफारिसलाई अपनाएको थियो । पहिलो आधिकारिक उत्सव अगस्ट १२, २००० मा आयोजना गरिएको थियो ।
संयुक्त राष्ट्र संघको आह्वानमा अन्तर्राष्ट्रिय युवा दिवस हरेक वर्ष अगस्ट १२ मा मनाइन्छ । अन्तर्राष्ट्रिय युवा दिवस युवाहरूलाई चिन्ने, प्रेरित गर्ने र सशक्तिकरण गर्ने विश्वव्यापी प्लेटफर्म हो । यो दिवसले दिगो, नवीन र समतामूलक समाज निर्माणमा युवाहरूले खेल्ने विशाल भूमिकालाई प्रकाश पार्छ। विश्वव्यापी रूपमा १.२ अर्बभन्दा बढी युवाहरूको साथ, यो दिनले उनीहरूको योगदानलाई स्वीकार मात्र गर्दैन तर शिक्षा, रोजगारी र निर्णय लिने प्रक्रियामा उनीहरूले सामना गर्ने अवरोधहरू हटाउन तत्काल कारबाहीको लागि पनि आह्वान गर्दछ ।
अन्तर्राष्ट्रिय युवा दिवसको दिन प्रतिकात्मक भन्दा बढी छ– यो परिवर्तनको लागि एक जुलुस बिन्दु हो । यसले युवा अधिकार र नेतृत्वलाई प्रवद्र्धन गर्दै बेरोजगारी, असमानता र मानसिक स्वास्थ्य जस्ता युवा–सम्बन्धित चुनौतीहरूको बारेमा जागरूकता जगाउँछ । यो संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरूसँग मिल्दोजुल्दो छ, जसले युवाहरूलाई सशक्त बनाउनु राम्रो संसार प्राप्त गर्ने महत्वपूर्ण कुरा हो भन्ने कुरालाई बलियो बनाउँछ ।
विश्वभर, अन्तर्राष्ट्रिय युवा दिवस २०२५ मा सीप विकास कार्यशालाहरू, दिगोपन, नीति संवादहरू र स्वयंसेवी पहलहरू समावेश हुनेछन् । विश्वविद्यालयहरू, गैरसरकारी संस्थाहरू र सरकारहरूले सहकार्य, नवप्रवर्तन र सामाजिक प्रभावलाई बढावा दिन कार्यक्रमहरू आयोजना गरेर युवा दिवस मनाइन्छ ।
यस वर्ष २०२५ को उत्सव, एक आकर्षक विषयवस्तु र नाराद्वारा निर्देशित, युवाहरूलाई परिवर्तनको नेतृत्व गर्न अवसरहरू सिर्जना गर्न सरकार, संस्था, गैरसरकारी संस्था र समुदायहरूलाई एकताबद्ध गर्ने प्रयास गर्दछ। यस वर्षको उत्सवले युवा–नेतृत्वमा रूपान्तरणको मुख्य क्षेत्रको रूपमा वातावरणीय कार्य, डिजिटल साक्षरता र उद्यमशीलताको महत्त्वलाई पनि जोड दिएको देखिन्छ ।
संयुक्त राष्ट्रसंघले अगाडि सारेको अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को मूलनारा ‘दिगो भविष्यका लागि युवा सशक्तिकरण’ले जलवायु परिवर्तनदेखि सामाजिक समानतासम्म, विश्वव्यापी समस्या समाधानमा युवाहरूलाई संलग्न गराउने जरुरीतालाई प्रतिबिम्बित गर्दछ। यसले तीन प्रमुख क्षेत्रहरूलाई जोड दिन्छ ।
दिगोपन : युवाहरूलाई वातावरण संरक्षण र हरित आर्थिक वृद्धिमा सक्रिय रूपमा योगदान गर्न प्रोत्साहित गर्ने ।
नवप्रवर्तन : विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न प्रेरणादायी रचनात्मक समाधानहरू ।
नेतृत्व : शासन, नीति निर्माण र सामुदायिक नेतृत्व भूमिकामा युवा सहभागितालाई सुदृढ पार्ने ।
नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस सन् २००४ देखिन मनाउन थालिएको हो । नेपालमा १६ बर्ष उमेर देखिन ४० बर्ष सम्मको उमेरका लाई युवा भन्ने गरिए पनि वास्तविक रुपमा चाहिँ १५/२४ लाई युवा भन्ने गरिएको छ ।
विश्वको कुल जनसंख्या मध्ये १.२१ बिलियन १५.५% युवा रहेका छन। हरेक १० जनामा ७ जना युवा बेरोजगार अवस्थामा रहेका छन् । युवाहरुमा शिक्षाको अभाव, रोजगारीको अभाव र तालिमको अभाव (No Education,No Employment ,No Training NEETS) विश्वव्यापी आम समस्या बनेको छ ।
। रोजगारमा लागेका श्रमिकले पनि माथि उल्लेख गरे झै अस्थायी, करार, ज्यालादारी र आउटसोर्सिङबाट काम गर्नुपर्ने कहालीलाग्दो अवस्थामा युवा श्रमिकहरु रहेका छन् ।
नेपाल श्रम सर्वेक्षण (२०१९) अनुसार प्रत्येक वर्ष कम्तीमा १६ लाखदेखि २० लाख युवा रोजगारीको खोजीका लागि नेपाली रोजगार बजारमा आउँछन्, तर उनीहरूमध्ये पाँच प्रतिशतले मात्र देशमै रोजगारी पाउन सक्छन् । केन्द्रीय तथ्यांक बिभाग को २०७८ को जनगणना अनुसार हाल नेपालमा कुल ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगारी पाइरहेका छैनन् ।
नेपाल श्रम शक्ति सर्वेक्षण २०१८÷२०१९ अनुसार नेपालको बेरोजगारी दर ११.४ प्रतिशत अनुमान गरिएको छ । यसले यो कुरा पनि देखाउँछ कि देशमा निरक्षर बेरोजगारी (बेरोजगार र अशिक्षित) १८ प्रतिशत छ भने साक्षर शिक्षित बेरोजगारी (कलेजको डिग्री भए पनि बेरोजगार) दर ८ देखि ९ प्रतिशतसम्म छ । सर्वेक्षणले करिब ७० हजार व्यक्तिलाई पनि स्नातक वा मास्टर डिग्री गरीकन पनि बेरोजगार देखाएको छ ।
खाडी देश र अन्य मुलुकहरूमा रोजगारीका अवसरको खोजीमा लागेका करिब आठ लाख युवा–युवतीमध्ये ७४ हजार मास्टर डिग्री, दुई लाख १६ हजार स्नातक, करिब चार लाखभन्दा बढी इन्टरमेडियट र १५ लाखभन्दा बढी एसएलसी पास गरेकाहरू देशमा हैसियतअनुसारको काम नभेटेर बिदेसिएका छन् । युरोप, अमेरिकालगायतका विकसित मुलुकहरूमा जाने नेपालीहरूसमेत यो पीडाबाट पिल्सिएका छन् । श्रम क्षेत्रमा यश किसिमको भयावह अवस्था श्रृजना हुनमा मुलुकमा अबलम्बन गरिएको नवउदारवादी अर्थनीतिका दुष्परिणाम हुन् ।
सन् १९९० देखिन अवलम्बन गरेको उदारीकरण ,नीजिकरण र विश्वव्यापीकरणको नीतिले सबैभन्दा बढी श्रमिक वर्ग प्रताडित भएका छन। खुल्ला बजार नीतिका कारण देश भित्रका उद्योगधन्दा, सार्वजनिक संस्थानलाई धाराशायी बनाएर वा नीजिकरण गरेर बहुराष्ट्रिय निगमका वस्तु र सेवालाई बेरोकटोक नेपाली बजारमा प्रवेश गराए पछि धाराशायी भएका उधोग धन्दा उठन नै नसक्ने अवस्थामा पुगेका छन् ।
म्यानुफेक्चरिङ उधोग धन्दा भन्दा पनि सेवा उधोगहरु फस्टाउन थाले पछि श्रम बजारमा बेरोजगारी अवस्था भयावह बन्न पुगेको छ । देशभित्र रोजगारीको अवसर नपाए पछि हरेक बर्ष श्रम बजारमा आउने ५/६ लाख श्रम शक्ति बेरोजगारी अवस्थामा पुगेको छ र कामको खोजीमा छटपटीएर बैदेशीक रोजगारमा जान बाध्य छन् । देशभित्र उत्पादन भएका ईन्जिनियर, डाक्टर, नर्ससमेत विदेशीन बाध्य छन् । कोरोना महामारीपछि गत बर्षको मात्रै तथ्यांकमा झन्डै ७ लाख मानिस वैदेशिक रोजगारीमा गएका छन् । बैदेशीक रोजगारीले एकातिर नवदाश उत्पादन गरिरहेको छ भने अर्कोतिर सस्तोमा श्रम निर्यात गरेर दलालपूंजीवादलाई प्रश्रय गरेकोे छ ।
नेपालबाट बैदेशीक रोजगारीमा गएका युवा युबतीहरु २/३ प्रतिशत दक्ष,२२ प्रतिशत जति अर्ध दक्ष र बांकी ७५ प्रतिशत श्रमिक अदक्ष श्रमिकहरु गई रहेका छन। स्वभाविक रुपमा अदक्ष श्रमिक भए पछि न्यून ज्याला र सुविधामा काम गर्न बाध्य छन् । उनीहरूले विदेशमा गएर काम गर्दा संगठीत हुने ,युनियन बनाउन पाउने आफ्ना पीर मर्का रोजगारदाता र सम्बन्धित देशको सरकार समक्ष माग राख्न पाउँदैन । जे जतिसुकै अप्ठ्यारो, साहृो गाह्रो परे पनि पूँजीपति, मालिक, कम्पनीको नीति र आदेशमा काम गर्न विवश हुनु परेको छ । बैदेशीक रोजगारीमा गएपछि आफ्नो इच्छाअनुसार वा अन्य कार्यक्षेत्रमा काम गर्न, सरुवा हुन पाउँदैनन् । यसै भएर बैदेशिक रोजगारीले नवदाश उत्पादन गरिरहेको छ ।
नवउदारबादी अर्थनीतिले देशभित्र उत्पादन र रोजगारी बृद्वि गर्न नदिए पछि देश भित्र आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु देखिन विकास निर्माणका सामाग्री विदेशबाटै आयात गर्नुपर्ने र यो आयात गर्न दुःखजिलो कमाइ बचत गरेको रेमिटान्स बापतको बिदेशी मुद्रा वस्तु आयातमा खर्च गरेर मुलुकको अर्थतन्त्र धानी रहेको छ। रेमिटान्स बापतको ९० प्रतिशत भन्दा बढी रकम शिक्षा, स्वास्थ्य, घरघडेरीमा खर्चेर सकिने गरेको छ । जबकि शिक्षा, स्वास्थ्य, आवास, स्वच्छ खानेपानी, खाध्यान्न जनताको आधारभूत आवश्यकता र मानवअधिकारको विषय हो ।
त्यसैले यी वस्तु र सेवा निःशुल्क र सर्बसुलभ उपलब्ध गराउनु राज्यको दायित्व हो। तर राज्यले यी वस्तु र सेवालाई नवउदारवादी अर्थनीतिको बाहक बनेर नीजिकरण र व्यापारीकरण गरेको छ । संविधानमा यी बिषय जनताको मौलिक हकको रुपमा सुनिश्चित गरिए पनि नवउदारबादका हिमायतीहरुले यी सेवा र वस्तुलाई सर्वसुलभ हुन दिँदैन ।
अहिलेको राजनीतिक र आर्थिक अन्तरविरोध र विरोधाभाष नै यहीँ बनेको छ । देशलाई आत्म निर्भर बनाउन देशभित्र व्यापक रोजगारीका अवसर श्रृजना गर्न राष्ट्रिय पूँजीको व्यापक मात्रामा विकास गरिनुपर्छ । जनताले कमाएर बचत गर्ने पैसा राष्ट्रिय पूँजीको रुपमा विकास र परिचालन गर्न प्रथमतः जनताको आधारभूत आवश्यकताका वस्तु र सेवा निःशुल्क र सर्बसुलभ गर्नैपर्छ अनि मात्रै जनताको बचत रकम राष्ट्रिय पूंजीको रुपमा परिचालन गरेर व्यापक मात्रामा उत्पादन र रोजगारी श्रृजना गर्ने क्षेत्रमा लगानी गर्न सकिन्छ ।
यस्तै दलालपूजीवादको विगविगीसँगै बढ्दो भ्रष्टाचार र अनियमितताको नियन्त्रणका लागि सुशासनयुक्त शासन ब्यवस्थाका माध्यमबाट राज्य संचालन गरेर मात्रै राष्ट्रिय पूंजीको निर्माण हुनेछ । अनि मात्रै ब्यापक रोजगारी श्रृजना गरेर गरिबी र बेरोजगारी न्यून गर्न सकिन्छ । र युवा वर्गले भोगी रहेका समस्या समाधान गर्न सकिन्छ ।
पेसागत महासंघ नेपालको सातौ राष्ट्रिय महाधिवेशनको मूल कार्यनीतिक नारा– ‘समाजवाद ः सामाजिक न्याय, स्वाधीन अर्थतन्त्र, समृद्ध जीवन ! गुणस्तरीय सेवा, सुशासन र एकीकृत तथा सुदृढ ट्रेड युनियन’ रहेको छ । महासंघ यतिबेला यहीँ कार्यनीतिक मूलनाराको प्रकाशमा आफ्ना गतिविधिलाई अगाडि बढाइ रहेको छ ।
आउनु होस, साथीहरू हामी हातमा हात मिलाउँदै, काँधमा काँध मिलाउँदै महासंघको मिसन प्राप्तिका लागि अगाडि बढौं । यसका लागि हामीबिच बढी एकताको खाँचो छ, हाम्रा समस्या समाधानका लागि श्रमिक वर्ग केन्द्रीत आन्दोलनको खाँचो छ । अनि मात्रै हामीले चाहेको उपलब्धि हासिल गर्न सक्दछौ । तसर्थ Unite More, Struggle More, Achieve more को भावना र प्रतिबद्धताका साथ अगाडि बढौं !
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसरमा सम्पूर्ण श्रमिक साथीहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
-प्रेमलकुमार खनाल
अध्यक्ष, पेसागत महासंघ नेपाल
तथा प्रेसिडेन्सियल काउन्सिल सदस्य
विश्व ट्रेड युनियन महासंघ











