काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवको हड्डी किन्ने २ जना पक्राउ परेका छन् । प्रहरीले साउन २३ गते पशुपति आर्यघाटको २ नम्बर चितामा जलाउँदै गरेको शवको हड्डी निकालेको ५ सय रुपैयाँमा बेचेको आरोपमा यसअघि २ जना पक्राउ परेका थिए । उनीहरुसँग हड्ढि किन्ने २ जनालाई पनि प्रहरीले पक्राउ गरेको गरेको हो ।

यसअघि काभ्रेको मण्डनदेउपुर ५ घर भई काठमाडौंको गौरीघाट बस्ने गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र उदयपुरको कटारी नगरपालिका ८ घर भई गोठाटार बस्ने २४ वर्षका विनायक मैनालीलाई पक्राउ गरेको थियो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ। उनीहरुले ५ सय रुपैयाँमा जलाउँदै गरेको शवको हड्डी बेचेको स्वीकारेका छन्।














