Logo
Logo

११५ केजी बुद्धचित्तको दाना र साढे १२ लाखसहित ठमेलबाट २ जना पक्राउ


378
Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक होटलबाट ११५.६५ केजी वुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिलला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेलको जिङझिङ अन्तर्राष्ट्रिय होटलबाट ४६ वर्षीय लिउ जिङताव र २३ वर्षीय लिउ छिआओसुवालाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट स्रोत नखुलेको १२ लाख ७० हजार रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए ।

बुद्धचित्तको अवैध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा नेपाली रुपैयाँ १२ लाख ७० हजार, १५५.६५ केजी बुद्धचित्त, ३ वटा मोबाइल फोन, र २ थान पासपोर्टसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्