Logo
Logo

तीन करोड २१ लाख खर्चेर बागलुङ-बेनी सडक मर्मत


252
Shares

म्याग्दी । सडक डिभिजन कार्यालयले  १४ किलोमिटर लामाबागलुङ–बेनी सडक रु तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरेको छ । 

The current image has no alternative text. The file name is: sadak-2.gif

मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । 

उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयका इञ्जिनियर विष्णुप्रसाद लामिछानेले बताए । 

प्रतिक्रिया दिनुहोस्