काठमाडौं । अल्जेरियाको राजधानीनजिकै बस पुलबाट नदीमा खस्दा १८ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार दुर्घटनामा धेरै जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

दुर्घटना शुक्रबार साँझ भएको हो । अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तेब्बौनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।











