Logo
Logo

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट


819
Shares

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका मिश्रीले केहि बेरअघि प्रधानमन्त्री ओलीसँग घेटवार्ता गरेका हुन् ।

मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेको उनको सचिवालयले जनाएको छ ।

सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्रीले आजै सबै महत्वपूर्ण भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्