Logo
Logo

विपिनका बाबु भन्छन्- सरकारले झकझकाइराखे केही पत्ता लाग्थ्यो कि !


630
Shares

धनगढी। हमासको बन्धकमा रहेका विपिन जोशीका बुवा महानन्द जोशीले दुई वर्ष बितिसक्दा पनि छोराको अवस्थाबारे थाहा पाउन नसकिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

फाइल फोटो

आइतबार धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले छोरालाई इसराइलबाट हमासले बन्धक बनाएर लगेपछि परिवारको खुसी, भोक निद्रा सबै खोसिएको बताए । उनले त्यसयता मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई पटक–पटक भेट्पनि छोरा कुन अवस्थामा छ भन्ने जानकारी नपाएको दुखेसो पोखे ।

उनले भने, ‘उहाँहरू पहल गरिरहेको भन्नुहुन्छ । पहल हुँदै पनि होला । तर पहलका लागि एकपटकभन्दा नलागे सरकारले पनि पटक–पटक भनिराखे, झकझकाइराखे, सोधिराखे केही पत्ता लाग्थ्यो कि ।’

केही दिनअघि विपिनका आमा र बहिनी इजराइल गएका थिए । उनीहरूलाई इजराइल सरकारले नै झिकाएपछि नेपाली दूतावासको समन्वयमा त्यहाँ पठाइएको हो ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले इजराइलमा आक्रमण गरी त्यहाँबाट विपिन जोशीसहित करिब २ सय ५० जनालाई बन्धक बनाएर लगेको थियो । विपिन सुदूरपश्चिम विश्वविद्यालयको पढ्दै कमाउँदै कार्यक्रममार्फत इजरायल पुगेका थिए । तर, हमासको बन्धकमा परेका विपिनको अझै अत्तोपत्तो छैन ।

प्रतिक्रिया दिनुहोस्