स्याङ्जा । वालिङ नगरपालिका-५ द्वारभञ्ज्याङमा एक बालक बाकसभित्र मृत अवस्थामा भेटिएका छन् । तेह्र वर्षीय निशान थापा आफ्नै घरको बाकसमा मृत भेटिएका हुन् ।

निशान सरस्वती आधारभूत विद्यालय मिनाङकोटमा कक्षा ८ मा पढ्दै थिए । आइतबार परीक्षा सकेर उनी घर फर्किएका थिए । घरमा उनकी बहिनी मात्रै थिइन् । उनकी आमा छिमेकीको मेलामा गएकी थिइन् । मेलाबाट फर्केपछि आमाले छोराको खोजी गर्दा भेटिनन् । खोजी गर्ने क्रममा आटीमा राखिएको बाकसभित्र निशानको शव फेला परेको थियो ।
घटनाबारे जानकारी पाउनासाथ आइतबार राति नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि गह्रौं प्राथमिक स्वास्थ्य केन्द्र वालिङ राखिएको छ । विशेषज्ञबाट पोष्टमार्टम गर्नुपर्ने जनाउँदै शव परीक्षणका लागि पोखरा पठाउने तयारी भइरहेको छ। घटनास्थललाई प्रहरीको निगरानीमा राखिएको छ ।














