Logo
Logo

उड्ने कार देखाएर मात्रै सफल होला त नाडा अटो शो ? 


504
Shares

काठमाडौं । भोलि मंगलबारदेखि सुरु हुने नाडा अटो शोमा उपभोक्ताहरूको आकर्षण बढाउन उड्ने कामर प्रदर्शनी गर्ने कुराले सबैको ध्यान आकृष्ट गरे पनि नयाँ गाडी किन्ने कुरामा उपभोक्ताहरूको त्यति रुचि देखिदैन । इभी र अन्य सवारी साधन खरिदकर्ताहरूले नाइमा अटो शोमै आफ्नो रुचिको सवारी साधन बुकिङ गरेकोले यो नाडा हटो शो फ्लप हुने देखिन्छ ।

The current image has no alternative text. The file name is: flying-car.gif

त्यसमाथि नाडा आफैले यस पटकको प्रदर्र्शनीलाई व्यापार केन्द्रित गर्नुभनदा उड्ने कामको प्रचार बढी गरेकोले पनि नाडा अटो शो ‘उड्ने अटो शो’ मा रुपान्तरण हुने देखिन्छ ।नाइमाको अटो शोले नाक काटेपछि नाडाले उड्ने कारबाट उपभोक्ताको ध्यान अटो शोमा तान्ने प्रयास गरेको हो । नाइमाले आयोजना गरेको अटो शोमा उल्लेख्य रुपमा उपभोक्ताहरू सहभागी भएका थिए । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एक दिन समय थपेर सोमबार सकाएको हो । यसले नै नाइमा प्रतिको उपभोक्ताको आकर्षण ह्वात्तै बढेको देखाएको थियो ।

नाडाबाट फुटेर नाइमा बनेपछि उनीहरूप्रति उपभोक्ता मात्र हैन व्यवसायीको पनि आकर्षण बढेको छ । केही सीमित घरानाको कम्पनी जस्तो बनेको नाडाप्रति पछिल्लो समय सबै रुष्ट बनेका छन् । यसले पनि नाडा अटो शोमा कसैको उत्साह जाग्न नसकेको हो । पूरानो विरासत बोकेको नाडाको अध्यक्ष करण चौधरीको मनपरीका कारण कोल्याप्स हुने अवस्थामा छ  । 

लामो समयदेखि अटोमोबाइल क्षेत्रको एकछत्र प्रभुत्व जमाउँदै आएको नाडा (अटोमोबाइल्स एसोसिएसन अफ नेपाल) यतिबेला इतिहासकै गम्भीर संकटमा पुगेको छ । अध्यक्ष चौधरीको अक्षमताको चपेटामा नाडा थप बिखण्डनको मोडमा पुगेको हो ।

संस्था विवादित र विभाजित भएका कारण नाडाको व्यवस्थापन पक्ष पनि कमजोर देखिएको छ । फितलो तयारीले नाडालाई झनै कमजोर बनाउने पक्का छ । नाडाले आफूतिर ध्यान तान्नका लागि उड्ने कार प्रदर्शनी गराउन लागेको छ । तातोपानी नाका अवरुद्ध भएकाले मानिस लगाएर बोकेर नै सीमा तारिएको यो कारले नाडाको अटो शोलाई सफल बनाउन भने सक्दैन । नेपालका लागि डीपलका गाडी बिक्रेता कम्पनीले यो कार भित्र्याएको हो । यद्यपि, यो केवल शोकेस मात्रै हो । 

चांगन डीपलको उड्ने कार अटो शोमा प्रदर्शनी प्रयोजनका लागि मात्रै धरौटीमा ल्याइएको हो । प्रदर्शनीमा राखेपछि फेरि फिर्ता लैजानुपर्ने हुन्छ । चांगन अटोमोबाइलको सब–ब्रान्ड डीपलले बनाएको अटोनोमस फ्लाइङ कार नाडा अटो शोमा राख्न लागिएको हो । जसलाई इलेक्ट्रिक भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ (इभीटीओएल) फ्लाइङ कार भनिन्छ । कार अटोमेटिकरुपमा उडाउन मिल्छ ।दुई जना मानिस बस्न मिल्ने कार चांगनले ईह्याङ कम्पनीसँग मिलेर बनाएको हो ।

ईह्याङ वल्र्ड लिडिङ अर्बन एयर मोबिलिटी प्रविधिको प्लेटफर्म भएको कम्पनी हो । एयर मोबिलिटीमा प्यासेन्जर ट्रान्सपोर्टेसन र लजिस्टिक समावेश छ । कम्पनीले पाइलटविना उडान गर्न चीनको सिभिल एभियसन एडमिनिस्ट्रेसनबाट प्रोडक्सन सर्टिफिकेट र स्यान्डर्ड एयरवर्दीनेस सर्टिफिकेट लिएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि भृकुटीमण्डपमा गर्न लागेको नाडा अटो शोमा एमएडब्लू वृद्धिले फ्लाइङ कार ल्याउन लागेको हो । नाडा अटो शोमा कारको ईएच२१६–एस डिस्प्ले हुनेछ ।

यसको उचाइ १.९३ मिटर र चौडाई ५.७३ मिटर छ । यसले ६२० केजी भार बोक्न सक्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । कारको स्पिड प्रति घन्टा १३० किलोमिटर राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्