Logo
Logo

क्यानलाई विज्ञापन गर्न/गराउनबाट रोक्ने चेतावनी


1.1k
Shares

काठमाडौं । विज्ञापन बोर्डले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई विज्ञापन गर्नरगराउनबाट रोक्ने चेतावनी दिएको छ । बोर्डले क्यानले आफ्ना पत्रहरूको जवाफ नदिएको र साउन २६ गतेको जवाफ चित्तबुझ्दो नभएको भन्दै कारबाहीको निर्णय गरेको हो ।

The current image has no alternative text. The file name is: can.jpg

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र नियमावली, २०७७ बमोजिम क्यानलाई भविष्यमा विज्ञापनमा रोक लगाउन सकिने सूचनामा उल्लेख छ । बोर्डले क्यानसँग नेपाल प्रिमियर लिग (एनपीएल)मा सहकार्य गरेका ब्राण्ड डिजिटल लजिक र टिसीएम एपोटर्स एन्ड मार्केटिङ प्रालिलाई पनि कारबाही गरेको छ ।

यी एजेन्सीहरू बोर्डमा सूचीकृत नभई विज्ञापन कारोबारमा संलग्न भएको र कानुनविपरीत विज्ञापन गरेको बोर्डको आरोप छ । दुवैलाई १०/१० हजार जरिवाना, तीन महिनासम्म विज्ञापन कार्यमा रोक र सूचीकरण नगर्ने निर्णय भएको छ ।

बोर्डले २०८२/०७/२० सम्म यी एजेन्सीसँग विज्ञापन कारोबार नगर्न सञ्चारमाध्यम र विज्ञापनदातालाई आग्रह गरेको छ । सूचनामा प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्