काठमाडौं । विपक्षी दलहरूको बैठक बोलाइएको छ ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । उपसभामुख हटाउनेगरी सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्न लागेका हुन् ।

‘उपसभामुखलाई हटाउने भनेर हस्ताक्षर अभियान नै सुरु भइसकेपछि एकैछिन बसेको पदाधिकारी बैठक विपक्षी दलहरूसँग छलफल गर्नु उचित हुने राय दिएपछि बैठक आह्वान भएको हो,’ प्रचण्ड सचिवालयका सदस्य गोविन्द आचार्यले भने ।
कांग्रेस(एमालेसहितको सत्तापक्षको बैठक भने अहिले कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ।














