Logo
Logo

आफ्नो अनुकूलमा संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्न उपसभामुख हटाउने खेल : नारायणकाजी


945
Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा आफ्नो अनुकूलता कायम गर्न उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउने षड्यन्त्र भइरहेको स्पष्ट देखिएको टिप्पणी गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले खाली कागजमा हस्ताक्षर अभियान सुरु गरेर रानामगरलाई हटाउने प्रयास गरेको उल्लेख गर्दै यसले उनीहरूको निरङ्कुशता र दुराशयलाई उजागर गरेको बताए।

श्रेष्ठले यस्तो कदम लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाउन पुगेको बताउँदै, उपसभामुखले पदअनुकूल आचरण नगरेको भन्ने आरोपसँग यसको कुनै सम्बन्ध नरहेको स्पष्ट पारे।

उनले यस्ता गतिविधिहरूले मुलुकलाई गम्भीर सङ्कटतर्फ धकेलिरहेको उल्लेख गर्दै, तात्कालिक स्वार्थभन्दा माथि उठेर गलत कदमलाई असफल पार्न सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

यसैबीच, आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को आयोजनामा संसद्मा क्रियाशील प्रतिपक्षी दलहरूको बैठक बसेको छ।

प्रतिक्रिया दिनुहोस्