Logo
Logo

रविलाई भेट्न नख्खु जेल जाँदै प्रचण्ड


630
Shares

काठमाडौँ । ललितपुरस्थित नख्खु कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेलाई बुधबार अपराह्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेलमै गएर भेट्ने भएका छन्।

लामिछानेलाई भेट्न प्रचण्ड सोमबार ६ बजे नख्खु कारागार पुग्ने उनीनिकट स्रोतले जानकारी दिएको छ । लामिछानेलाई गत शनिबारमात्र भैरहवा कारागारबाट नख्खु कारागार सारिएको हो।

नख्खु सारेलगत्तै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। उनलाई जन्डिसको लक्षण देखिए पनि परीक्षणका लागि भिटामिन डीको कमी भएको थियो।

पछिल्लो समय कांग्रेस एमाले गठबन्धनले उपसभामुख इन्दिरा रानामगरबिरुद्ध आचरण प्रस्ताव ल्याउन हस्ताक्षर संकलन गर्न थालेपछि विपक्षीहरू पनि यसको विरोधमा एकजुट भएका छन्।

प्रतिक्रिया दिनुहोस्