Logo
Logo

गाजा सिटी कब्जा गर्न इजरायलले बोलायो ६० हजार रिजर्भ सैनिक


4.5k
Shares

एजेन्सी । इजरायलले गाजा सिटी कब्जा गर्नका लागि योजनाबद्ध लडाँइका लागि भन्दै ६० हजार रिजर्भ सैनिकलाई बोलाएको छ ।

गाजा सिटी कब्जाका लागि उसले स्थल आक्रमण तीब्र बनाउन ठूलो संख्यामा सैनिकहरुलाई बोलाएको हो । इजरायली सेनाले गाजा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिन र कब्जा गर्न योजनाबद्ध भूमिगत आक्रमणअघि करिब ६० हजार रिजर्भ सैनिकलाई बोलाएको छ।

एक सैन्य अधिकारीका अनुसार यी रिजर्भ सैनिकहरू आगामी सेप्टेम्बरमा ड्युटीमा हाजिर हुने छन्। तर यस आक्रमणका लागि परिचालन गरिने अधिकांश सेना भने सक्रिय रूपमा कार्यरत सैनिक नै हुने छन् ।

यो योजना अनुसारको तयारीस्वरूप हालैदेखि जैतून र जबालिया क्षेत्रमा सैनिकहरु संलग्न र तयार भइसकेका छन् ।

यो योजनालाई रक्षामन्त्री इजरायल कात्जले मंगलबार स्वीकृति प्रदान गरेका हुन् । यसलाई यसै हप्ताभित्र सुरक्षा क्याबिनेटमा प्रस्तुत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्