- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
श्रावण २७ गते रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा विश्वको पहिलो कोभिड–१९ को को खोप बनाएको घोषणा गरे । उनले खोपको पहिलो डोज आफ्ना दुई छोरीमध्ये एकलाई दिएको घोषणापनि गरेका थिए । त्यसलगत्तै लेखकका यसै स्तम्भमा क्रमशः भाद्र २ र ९ गते कोभिड–१९ : रूसीखोप नेपाल भित्र्याऔँ र कोभिड–१९ : रूसी प्रस्ताव स्वीकार गरौँ शीर्षकमा दुई लेख प्रकाशित भएको थियो ।

रुसले खुला हृदयले आफूले विकसित गरेको पहिलो कोरोना खोप नेपाललाई दिन प्रस्ताव ग¥यो र नेपालले पनि त्यसलाई नेपाली जनताको सु–स्वास्थ्यका लागि स्वीकार गरेको छ । र नेपालले नेपालको विकास निर्माणमा रुससँग जुन सहयोगको प्रस्ताव गरेको छ, यो अत्यन्त सराहनीय कार्य हो । विज्ञान तथा प्रविधिमा रुस सधैँ अगाडि भएको कुरा सर्वविदितै छ । निश्चय पनि हाम्रो मुलुकको विकासका लागि उच्चतमस्तरको प्रविधिको आवश्यकता हामीलाई छ र त्यो रुससँग छ । समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न रुसी प्रविधि भित्र्याउन ढिलो गर्नु हँदैन ।
पहिलो लेख प्रकाशित भएकै दिन काठमाडौंस्थित रूसी राजदुत एलेक्सेई ए नोभिकोभले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासँग सिंहदरबारमा शिष्टाचार भेट गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्सिन तयार भइसकेको र नोभेम्बरबाट बजारमा आउने जानकारी गराएका थिए । र, नेपालले चाहेमा नेपाललाई प्राथमकितामा राखेर उक्त भ्याक्सिन उपलब्ध गराउन सकिने कुरा बताएका थिए । यस्तै मस्को–काठमाडौं हवाई सम्पर्कका लागि समेत राजदूत नोभिकोभले नेपालसमक्ष प्रस्ताव राखेका थिए । दोस्रो लेख प्रकाशित भएकै दिन राजदुत नोभिकोभले सिंहदरबारमा भौतिक योजना, यातायात तथा शहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङसँग भेटेका थिए ।
राजदुतसँगको भेटमा मन्त्री नेम्वाङले मित्र देश रुसले विगतमा नेपालको विकासमा पु¥याएको स्मरण गर्दै पूर्व–पश्चिम राजमार्गको १०६ किमी लामो पथलैया–ढल्केबर राजमार्ग, वीरगञ्ज चिनी कारखाना, जनकपुर चुरोट कारखाना र वीरगञ्ज कृषि औजार कारखाना, यस्तै कान्ति बाल अस्पताल, पनौती जलबिद्युत् योजना र रोजिन एण्ड टर्पाइन्टाइन उद्योगको स्थापनाले नेपालको विकासमा ठूलो सहयोग पुगेको कुरा बताएका थिए । रूसको यो सहयोगले तराईको समृद्धिमा यी उद्योग, कलकारखानाको अत्यन्त ठूलो महत्व थियो । त्यहाँका हजारौं युवाले रोजगार पाएका थिए । आज ती युवाका सन्तान रोजगारीका लागि खाडी जानुपर्ने बाध्यता छ । रुसी सरकार र जनताको यस योगदानलाई हामी बिर्सन सक्दैनौं । तर त्यस सहयोगलाई हामीले सही सदुपयोग गर्न सकेनौं । २०४६ सालको जनआन्दोलनपछिको नेपाली कांग्रेसको सरकारले ती उद्योग धराशायी बनायो ।
रुसी राजदूतसमक्ष मन्त्री नेम्वाङले हाल पाइपलाइनमा रहेको इनरुवा–बर्दिवास रेल लाइन र काठमाडौं मेट्रो रेल परियोजनामा रुसी सहयोगको लागि प्रस्ताव गरे । यसको प्रतिउत्तरमा रुसी राजदूतले सहयोगको प्रतिबद्धता व्यक्त गर्दै नेपालको विकासमा सहयोग गर्ने कुराले आफू उत्साहित भएको कुरा बताएका थिए ।
मन्त्री नेम्वाङले रुसले बनाएको कोरोनाको खोपले सम्पूर्ण मानवजातिको कल्याण हुने कुरामा आफू विश्वस्त रहेको कुरा बताएका थिए । यस्तै सोही दिन स्वास्थ्य मन्त्रालयले रुसी खोपलाई नेपालमा तेस्रो चरणको क्लिनिकल ट्रायल परीक्षणका लागि अनुमति दिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले यसका लागि नेपालस्थित रुसी राजदूत नोभिकोभसँग छलफल भइसकेको कुरा बताएका छन् र, छलफल सकारात्मक रुपमा अगाडि बढेको छ । रुसका राजदूत नोभिकोभले नेपालमा नै उक्त खोप उत्पादन गर्न सहयोग गर्ने प्रतिबध्दता जनाएका छन् ।
नेपाल अहिले कोरोनाको भीषण महामारी भोगिरहेको छ । यस्तो बेलामा रुसले नेपालमा नै कोरोना खोप उत्पादनको लागि सहयोग गर्ने जुन प्रतिबद्धता जनाएको छ, यो अत्यन्त महत्वपूर्ण हो । नेपालमानै यस खोपको उत्पादन भयो भने सुपथ मूल्यमा छिटो नेपालीहरुका लागि खोप उपलब्ध हुनेछ । यसमा ढिलो गर्नु हुँदैन ।
माथिको विश्लेषणबाट के कुरा स्पष्ट हुन्छ भने, नेपालको परराष्ट्र नीति छिमेक केन्द्रीतबाट माथि उठ्न खोजेको छ । सन् १९७०–८० को दशकमा नेपाल र रुसबीच जुन न्यानो सम्बन्ध थियो त्यस न्यानोपनलाई अहिले नेपालले पुनः गाँस्न खोजेको छ । रुसले खुला हृदयले आफूले विकसित गरेको पहिलो कोरोना खोप नेपाललाई दिन प्रस्ताव ग¥यो र नेपालले पनि त्यसलाई नेपाली जनताको सु–स्वास्थ्यका लागि स्वीकार गरेको छ । र नेपालले नेपालको विकास निर्माणमा रुससँग जुन सहयोगको प्रस्ताव गरेको छ, यो अत्यन्त सराहनीय कार्य हो । विज्ञान तथा प्रविधिमा रुस सधैँ अगाडि भएको कुरा सर्वविदितै छ । निश्चय पनि हाम्रो मुलुकको विकासका लागि उच्चतमस्तरको प्रविधिको आवश्यकता हामीलाई छ र त्यो रुससँग छ । समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न रुसी प्रविधि भित्र्याउन ढिलो गर्नु हँदैन ।
Twitter:@rmshghimire











