Logo
Logo

चार नगरपालिकाले दमकल खरीद गर्ने


- दृष्टि न्युज/संवाददाता


भरतपुर, १६ माघ चितवनका चार नगरपालिकाले संयुक्त लागतमा दमकल खरीद गर्ने भएका छन् । कालिका, खैरहनी, रत्ननगर र राप्ति नगरपालिकाले दमकल किन्न लागेका हुन् । 



मङ्गलबार कालिका नगरपालिकामा बसेको चारै नगरपालिकाको संयुक्त बैठकले फागुन १५ गतेभित्र दमकल खरीद गर्ने निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिनुभयो । दमकल खरीद प्रक्रिया अघि बढाउन उहाँको अध्यक्षतामा अध्ययन तथा सिफारिश समिति गठन गरिएको छ । 

“दमकल खरीदपछि भरतपुरको भरपर्नु पर्दैन”, उहाँले भन्नुभयो । बैठकले रु ६० लाखसम्मको दमकल खरीदका लागि सिफारिश गरेको छ । यसअघि पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त रूपमा रिङरोड निर्माण गर्ने निर्णय गरेका थिए । 
(रासस):

प्रतिक्रिया दिनुहोस्