काठमाडौं । एनआइउमबी एस क्यापिटल लिमिटेडले पायनियर ल एसोसिएट्स र आइसीआए नेपाल लिमिटे सँगको सहकार्यमा ‘रोड टु आइपिओ’ नामक कार्यशाला सम्पन्न भएको छ ।

कार्यक्रम कर्पोरेट संस्थाका सहभागीहरूलाई प्राथमिक सार्वजनिक निष्काशनको प्रक्रिया मार्फत आफ्ना कम्पनीलाई सूचिकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन एमआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेल गरेका हुन् । उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दीर्घकालीन रणनीतिलाई आकार दिई पूँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए ।
पायनियर ल एसोसिएट्सका प्रबन्ध साझेदार, अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्त्वपूर्ण विषयहरुको बारेमा चर्चा गरिएका थिए । एनआइउमबी एस क्यापिटल का डीसीओसचिन्द्र ढुङ्गानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्काशन विधिहरु, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरूमा चर्चा गरे । यसका अतिरिक्त आइसीआरए नेपाल मूल्याङ्कन विभागका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ्ग र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे ।
यस पहलकदमी मार्फत एनआइउमबी एस क्यापिटल र पायनियर ल एसोसिएट्सले वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने, र नेपाली व्यवसायहरुलाई सूचिकरणमा जानका लागि सहयोग पुर्याउने प्रतिबद्धता जनाएको छ । कार्यक्रम २९ अगस्त २०२५ मा काठमाडौंको होटेल अल्फर्टमा सम्पन्न भएको हो ।











