
काठमाडौं । अफगानिस्तानमा ६.३ म्याग्निच्यूडको भूकम्ज जाँदा मृत्यु हुनेको संख्या कम्तिमा २५० पुगेको छ । आइतबार राति १२ः४७ बजे जलालाबाद नजिक केन्द्रविन्दु बनाएर भूकम्प जाँदा २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको एनबीसी न्यूजले जनाएको छ । समाचारअनुसार मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।
नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।
पहिलो झट्कापछि लगातार परकम्पहरु आइरहेका थिए । ठूला परकम्पहरुमा ४.७, ४.३ र ५.० तीव्रता मापन भएको छ ।











