Logo
Logo

हर्क साम्पाङलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा समर्थकको भीड


1.1k
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न समर्थकहरूको ठूलो भीड विमानस्थलमा उपस्थित थियो । 

The current image has no alternative text. The file name is: hark.gif

समर्थकहरूले र्‍यालीसहित उनलाई विमानस्थलको गेटबाटै स्वागत गरेका थिए । यसअघि पनि साम्पाङ काठमाडौं आउँदा उनका समर्थकहरू बाक्लो उपस्थितिमा देखिने गरेका छन् । 

कहिले धरानमा खानेपानीको माग राख्दै गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न त कहिले एक्लै उभिएर साङ्केतिक विरोध गर्न उनी काठमाडौं आउने गरेका छन् ।

उनका गतिविधिहरूमा काठमाडौंमा समर्थकहरूको उल्लेख्य सहभागिता रहने गरेको छ । मेयर साम्पाङले आफ्ना समर्थकहरूसँग भेटघाट गर्न चाहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्