Logo
Logo

कोठाभित्र आमा-छोरा मृत भेटिए, नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा


819
Shares

जनकपुरधाम । सिरहाको लहानमा आमा र छोरा मृत फेला परेको छन् । लहान नगरपालिका-१ मटिअर्वा घर भई लहान नगरपालिका-१२ भोटिया टोलमा बस्दै आएकी २३ वर्षीया रञ्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन मृत फेला परेका हुन् ।

The current image has no alternative text. The file name is: crime-scene-do-not-cross.jpg

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहान १० बजेतिर आमा कोठा भित्र सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा र खाटमाथि जेठा छोरा एरोन मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार नौ महिनाका कान्छो छोरा सिकिस्त अवस्थामा फेला परेका छन् । आमा र छोराको शव प्रादेशिक अस्पताल लहानमा पोस्टमार्टमका लागि पठाएको जनाएको छ ।

घटनास्थलमा प्रहरी पुग्दा कोठा भित्रबाट चुकुल लगाइएको थियो । त्यही फल्याटमा बस्दै आएकाले खबर गरेपछि प्रहरी पुगेर ढोका खोलेको थियो । आमाले घरायसी विवादमा दुई छोरालाई विशेष खुवाएर आफैँले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशङ्का छ ।

प्रतिक्रिया दिनुहोस्