Logo
Logo

बाढीमा बगेर बेपत्ता भएका दुई युवकको शव फेला


315
Shares

रसुवा । दुई दिनअघि सदरमुकामबाट आफ्नाे घर ठाडेगाउँतर्फ जाने क्रममा बेपत्ता भएका दुई युवककाे शव आज फेला परेकाे छ।

प्लेङजुङ खोलाको बाढीमा परेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

प्रहरीका अनुसार गोसाइकुण्ड गाउँपालिका–६ ठाडेगाउँका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेकाे मृत्यु भएको हो।

गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि परिवारले खोजी थालेका थिए। प्रहरीले खोजतलास सुरु गरेपछि उनीहरूकाे शव फेला परेकाे हाे। तर उनीहरू सवार मोटरसाइकल भने अहिलेसम्म भेटिएको छैन।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्