
काठमाडौं । पूर्वी नवलपरासीको लोकाहामा कन्टेनर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्टेनर चालक माधव पंज्ञानी रहेका छन् ।
गएराति कन्टेनर र ट्रक ठोक्किँदा गम्भीर घाइते भएका पंज्ञानीको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको पूर्वी नवलपरासीका सूचना अधिकारी मधु नेपालले जानकारी दिए ।
दुर्घटनामा घाइते कन्टेनर सहचालक रामबहादुर सार्की र ट्रक चालक बिचबहादुर थिङ घाइते भएका छन् । उनीहरुको भरतपुरमै उपचार भइरहेको छ ।














