Logo
Logo

नेपाल चीनको जिएसआई पासोमा? संसद्‌मा प्रधानमन्त्रीसँग कडा जवाफ माग


630
Shares

चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ जिएसआईमा नेपालले समर्थन जनाएको भनेर चीनले गरेको दाबीले संसद्‌मा ठूलो हंगामा मच्चिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नेपाललाई विदेशी सैन्य रणनीतिक पासोमा पार्न खोजेको आरोप लगाउँदै संसद्‌मै जवाफ दिन कडा माग गरेका छन्। सांसद प्रकाश ज्वालाले यो समर्थन नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत भएको भन्दै चेतावनी दिएका छन् — “नेपाल कुनै पनि महाशक्तिको सुरक्षा जालमा फस्ने छैन।”

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले लिपुलेकबारे भारत–चीनको सहमतिलाई गम्भीर राष्ट्रिय चिन्ता भन्दै, प्रधानमन्त्रीले स्पष्ट र आधिकारिक धारणा नदिए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए।

सरकारले अझैसम्म औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै सांसदहरूले प्रधानमन्त्रीलाई संसद्‌मा तुरुन्त फर्केर जवाफ दिन आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्