Logo
Logo

नेप्से परिसूचक १५.६४ अंकले घट्यो


252
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २७२६.३३ बिन्दुमा झरेको छ।

आज ३२६ कम्पनीका १ करोड १३ लाख ४५ हजारभन्दा बढी कित्ता शेयर ६८ हजार ५९४ पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

कारोबारमा म्युचुअल फण्ड ०.२२ प्रतिशत र व्यापार समूह ०.०७ प्रतिशतले मात्र बढेका छन्। बाँकी सबै समूह घटेका छन्।
बैंकिङ ०.५५, विकास बैंक ०.८५, जलविद्युत् ०.९३, बीमा, लघुवित्त, होटल, लगानीलगायत सबै समूहमा गिरावट आएको छ।

आज हिमस्टार ऊर्जा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै शेयर मूल्य घट्नेमा लिबर्टी इनर्जी कम्पनी अगाडि छ, जसको मूल्य ६.९९ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्