Logo
Logo

सञ्चार मन्त्रालय: सामाजिक सञ्जाल दर्ता गर्ने कोही आएका छैनन्


252
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल दर्ता गर्ने प्रक्रिया अहिलेसम्म सुरु नभएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले समयसीमा सकिन लाग्दा पनि कुनै पनि सामाजिक सञ्जालले दर्ता प्रक्रिया अघि बढाएको छैन भनी जानकारी दिए।

‘हामी कुरिरहेका छौँ, आज दिनभर समय छ, तर अहिलेसम्म कोही दर्ता गर्न आएका छैनन्,’ ठाकुरले भने। उनले थपे, ‘यदि समयसीमा भित्र कोही दर्ता गर्न आएन भने सरकारले के कदम चाल्ने भन्ने विषयमा अझै निर्णय भइसकेको छैन।’

यसअघि सरकारले टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँचवटा सामाजिक सञ्जाललाई दर्ताका लागि सूचीबद्ध गरेको थियो। सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने कानुनी प्रावधान अनुसार, सञ्चार मन्त्रालयले देशभित्रका सबै अनलाइन प्लेटफर्मलाई दर्ता गर्नुपर्ने नियम बनाएको छ।

तर हालसम्म यी प्लेटफर्महरूले दर्ता प्रक्रिया सुरु नगर्दा मन्त्रालय चिन्तित रहेको छ। मन्त्रालयले दर्ता प्रक्रिया पूरा नगरेका कम्पनीहरूमाथि आवश्यक कानुनी कारबाही पनि गर्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्