काठमाडौँ । जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम भदौ ३० गतेदेखि असोज ५ गतेसम्म सञ्चालन हुने भएको छ।

बैठकबारे पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद् सिंह यादवले जानकारी दिए ।
बैठक बाँकेबाट सुरु भएर बर्दिया, कञ्चनपुर, कैलाली, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा आयोजना गरिनेछ। कार्यक्रममा राष्ट्रिय परिषद् अध्यक्ष तथा सङ्गठन विभाग प्रमुख डा। जयकान्त राउत सहित परिषद्का सदस्य, प्रदेश सदस्य, जिल्ला इञ्चार्ज, पालिका र वडा अध्यक्ष तथा सचिवहरूको उपस्थिति रहनेछ।
प्रवक्ता यादवले समन्वय बैठकमा सहभागी हुन अनिवार्य रूपमा तीन पटक बैठक बसेको विवरणसहितको प्रमाणपत्र लिएर उपस्थित हुन सबैलाई अनुरोध गरे ।














