काठमाडौँ — बाराको सिम्रौनगढ नगरपालिका–२, नयाँ टोलबाट १३८ किलो ७ सय ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्।

पक्राउ पर्नेमा ३५ वर्षीया रिता देवी यादव रहेका छन्।
बाराका एसपी सन्तोष तामाङका अनुसार यादवले गाँजा आफ्नै घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले पक्राउ गरेको हो।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














