Logo
Logo

झन्डोत्तोलनसहित नेपाल रेडक्रसको ६३औं स्थापना दिवस मनाइयो


189
Shares

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६३औं स्थापना दिवस आज विविध कार्यक्रमका साथ मनाइएको छ।

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र आइसिआरसी नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा झन्डोत्तोलन गर्नुभयो।

सो अवसरमा विडारीले रेडक्रसको सेवामूलक कार्यमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर समर्थनको अपेक्षा व्यक्त गर्नुभयो। गत वर्ष बाढी, पहिरो, आगलागी र शीतलहरबाट पीडित ४,९०६ परिवारलाई राहत सामग्री र ५,०३३ परिवारलाई १२ करोड रुपैयाँभन्दा बढी नगद सहायता प्रदान गरिएको जानकारी दिइयो।

नेपाल रेडक्रसले हाल देशभर आपत्कालीन उद्धार तथा राहतका लागि केन्द्रीय, प्रदेशस्तरीय र जिल्लास्तरीय गोदाम स्थापना गरिसकेको छ।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले रेडक्रसको मानवियतापूर्ण कार्यको प्रशंसा गर्दै युवाको नेतृत्व विकास, बेपत्ता व्यक्तिको खोजी, रक्तदान, शैक्षिक प्रोत्साहन, दीर्घसेवावाहक कर्मचारी सम्मान लगायतका कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्