Logo
Logo

बल्खुमा यात्रु जबरजस्ती चढाउने ३३ जना पक्राउ


630
Shares

काठमाडौं — यात्रुलाई जबरजस्ती गाडीमा चढाउन तानातान गरेको आरोपमा ३३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहान :३० बजेतिर बल्खु क्षेत्रमा बाटो हिँडिरहेका सर्वसाधारणलाई हैरानी दिने, झोला तान्ने र अश्लील शब्द प्रयोग गर्नेजस्ता क्रियाकलापमा संलग्न भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी पाँच दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्