Logo
Logo

बागलुङमा स्क्रब टाइफसको संक्रमण डेङ्गुभन्दा आठगुना बढी


252
Shares

बागलुङ । बागलुङमा डेङ्गुभन्दा स्क्रब टाइफसका बिरामी धेरै भेटिएका छन्।

साउनयता २० जनामा डेङ्गु र १५८ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

सबैभन्दा धेरै संक्रमित गलकोट नगरपालिकामा १३५ जना फेला परेका छन्। अन्य संक्रमित बडिगाड, ताराखोला, ढोरपाटनलगायत पालिकामा देखिएका छन्।

गलकोट नगर अस्पतालका अनुसार दैनिक ५ जनासम्म स्क्रब टाइफसका बिरामी आउँछन्। संक्रमण झारपातमा बस्ने किराबाट हुने भएकाले सावधानी अपनाउन चिकित्सकको सुझाव छ।

डेङ्गु संक्रमितमध्ये सबैभन्दा बढी ९ जना गलकोटमा छन् भने अन्य बागलुङ नगरपालिका, ढोरपाटन, ताराखोला, काठेखोला र निसीखोलामा केही मात्रामा देखिएका छन्।

दुबै रोगका अधिकांश बिरामी उपचारपछि घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्